गैडातालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको प्रथम गैडहवा गाउँपालिका अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिवल संघ, गुल्मीले हात पारेका छ। गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय शान्ती युवा क्लवको अयोजनामा गत मंसिर २९ गते देखि सञ्चालन भएको प्रतियोगितामा गुल्मीले उपाधी हात पारेसंगै नगद ५० हजार रुपैया सहित कप र मेडल समेत प्राप्त गर्न सफल भएको छ। जिल्ला भलिवल संघ, गुल्मीले आयोजक शान्ती युवा क्लवलाई ३० को साझो सेटमा पराजित गरी उक्त उपाधी हात पारेको हो। आयोजक शान्ती युवा क्लवले उप विजेता भएसंगै नगद ३० हजार रुपैया कप र मेडल मा चित्त बुझाउनु परेको छ।
यस्तै प्रतियोगिताकोे अन्तिम ४ मा पुग्न सफल वाणगंगा स्पोर्टस एकेडेमी र मणिमुकुण्द भलिबल क्लब, तिलत्तोमालाई सान्त्वना स्वरुप नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको छ । प्रतियोगितामा विजेत तथा उपविजेता टिमहरुलाई सम्मान तथा पुस्कार वितरण गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले प्रतियोगिताले रुपन्देही जिल्लाकै ठूलो सिमसार गैडहवा तालको पर्यटन प्रबद्र्धनका लागि राम्रो प्रचार प्रसार हुने विश्वास गर्नु भएको छ। रुपन्देहीकै सबैभन्दा ठूलो ताल भएरपनि तालको उचित संरक्षण र व्यबस्थापन नहुदा प्रचार प्रसारको कमी हुन आएको स्विकार्दैै आगामी दिनमा गैडहवा भ्रमण तथा अध्ययनस्थलको रुपमा बिकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतियोगिताका बिधागत रुपमा उत्कृष्ट खेलाडीहरुको उचित सम्मान र प्रोत्सहन आवस्य रहेको बताउदै अध्यक्ष पौडेलले प्रतियोगितामा भाग लिन आउने बाह्य जिल्ला तथा पालिकाका खेलाडीहरुले आफ्नो गाउँठाउमा पुगेर प्रचार प्रसार गर्नुहुने विश्वास ब्यक्त गर्नु भयो। अव गैडहवा तालको संरक्षण र व्यबस्थित रुपमा गरिने संरक्षणका लागि नेपाली सेनाले कार्य सुचारु गरिहोको समेत जानकारी दिनुभयो। प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा जिल्ला भलिवल संघ, गुल्मीका रमेश गहतराज खेलाडी भएका छन यस्तै गुल्मी कै उत्कृष्ट सर्भरको रुपमा गुल्मीकै देवु राना, उत्कृष्ट सेटरको रुपमा विनोद बि।सी।, उत्कृष्ट स्पाइकर शान्ती युवा क्लवका उमेश सेन्चुरी र उत्कृष्ट डिफेण्डरको रुपमा सौरभ फुंजाली सम्मानित भएका छन। यस्तै उत्कृष्ट ब्लकरको रुपमा शान्ती युवा क्लवका युमन गुरुङ्ग सम्मानित भएका छन।
क्लवका अध्यक्ष टंक बहादुर बस्नेतको अध्यक्षता, यम प्रसाद अधिकारीको स्वागत र दिन्श घिमिरेको सञ्चालमा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगिताममा रुपन्देही, गुल्मी, स्याङ्गजा, कपिलबस्तु, नवलपरासी र पाल्पाका १६ टिमको सहभागिता रहेको थियो।