spot_img
spot_img
spot_img

कञ्चनमा व्यवसायिक सिप विकासका लागि उद्यमशिलता सम्बन्धी अभिमुखीकरण

spot_img

रुपन्देहीको कञ्चन गाउपालिकाका जनप्रतिनीधि, बिधालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समित र शिक्षक अभिभावक संघका प्रतिनीधि र युवाहरुको व्यवसायिक सिप विकासका लागि उद्यमशिलता सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा डिग फर नेपाल र पढ्दै पढाउदै अभियानको सह आयोजनामा कञ्चनलाई सवल बनाउन उद्यमशिलताको बिकास गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा स्थानीय स्रोत साधनको अधिक्तम उपयोग र युवाहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्न बजारीकरण गरी स्वरोजगारको आधार तयार गर्नेवारे जानकारी गराइएको थियो।

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले स्वरोजगार बन्ने बिषय सामान्य रहे पनि आफसंग भएको श्रोत साधनहरुको पहिचान गर्न सक्नु प्रमुख बिषय रहेको बताउनु भयो। पढेपछि जागरि खानु पर्छ र जागिरकै लागि पढ्नु पर्छ भन्ने मान्यतालाई परिबर्तन गरी पढेपछि स्वदेशमै उद्यमशिलताका आधारहरुको पहिचान गर्नु पर्छ र कम्तिमा आफमात्र स्वरोजगार बन्नु पर्छ भन्ने सोंचको बिकास गर्न आवस्यक रहेको अध्यक्ष ढकालले बताउनुभयो।

अवको पुस्तालाई जागिरका लागि भन्दा पनि उद्यम गरेर आफुसंगसंगै अरुलाईपनि रोजगार दिनु पर्छ भन्ने लक्षका साथ अध्ययन गर्नु पर्ने र बिद्यालयमा पनि व्यबहारिक शिक्षामा ब्यबसायिक शिक्षाको समेत पठन पाठन गर्नु पर्ने आजको आवस्यकता भएको अध्यक्ष ढकालले जोड दिनु भयो। अवको शिक्षा पढ्दै कमाउदै गर्ने ब्यबसायिक शिक्षामा जोड दिन सके बिधार्थीहरुमा पनि केही गर्नु पर्छ भन्ने सोंचको बिकास गर्न सकिने उहाँको जोड थियो। यस्तै गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले अवको पुस्तालाई कृर्षि, पशुपालन, लघुउद्यम तथा ब्बयसाय तर्फ आकर्षित गर्न सकेमात्र बिद्यालयमा पढ्ने हरेक बिधार्थीहरुमा आत्म विश्वासको बिकास हुने बताउनु भयो। बर्तमान शिक्षा प्रणालीले जुनसुकै तह उत्तिर्ण भएपनि कही केही गर्न नसक्ने सिप बिनाको अदक्ष जनशक्तिमात्र उत्पादन गराउने भएकोले कञ्चनका हरेक बिद्यालयहरुमा व्यबसायिक शिक्षाको पठन पाठन गर्नु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पढ्दै कमाउदै अभियानका प्रमुख अधिकृत तथा डिग फ नेपालका अध्यक्ष नारायण सिग्देलले हरेक बिद्यालयहरुमा बिद्यालयको श्रोत साधनको अधिक्तम उपयोग गरी बिधार्थीहरुलाई बिभिन्न व्यवसायिक सिप बिकास गर्नु पर्ने बताउनु भयो। बिद्यालयमा सिकेको सिपले बिद्यालय तहबाट बाहिरिएपछि आफै उद्यम गरेर स्वरोजगार बन्ने उल्लेख गर्नु भयो। बिशेषगरी पालिका भित्र रहेका बिभिन्न श्रोतहरुको उचित उपयोगगरी उत्पादनमा लगानी गर्न सके बिद्यार्थीहरुले बिद्यालय तहमै पढ्दै कमाउदै गर्न सक्ने वातावरण श्रृजना गर्नु पर्ने उल्लेख गर्दै प्रमुख अधिकृत सिग्देलले गाउपालिकाले उद्यम गर्नेहरुका लागि प्रोत्साहन गर्नु पर्ने बताउनुभयो।

यस्तै अभिमुखीकरण कार्यक्रममा मौलिक बजार, मौलिक भान्छा घर अभियानका महासचिव सुमन दाहालले समाज हरेक दिन प्रविधी मैत्री र शहरमुखी बन्दै गएको भएपनि जैविक विविधतायुक्त खानाहरुको खोजीमा रहेको बताउनु भयो। बसाई शहरमा भएपनि आफ्नै खेतवारीमा उत्पादन भएको अर्गानिक खाने कुराहरुको खोजी हुदै गएको तिनै अर्गानिक उतपादनहरुको बजारीकरणका लागि पालिका तहमै मौलिक बजार तथा मौलिक भान्छा घरको बिकास गर्न आवस्यक रहेको महासचिव दाहालले बताउनु भयो। एक स्थानीय तह एक उत्पादनमा आधारित व्बयसायिकताको बिकास गर्न सके तयो सनीयतहको पहिचान हुने बताउदै दाहालले आवको पुस्तालाई उद्यमशिलता तर्फ आकर्षित गर्न सके सवल स्थानीयतहको निर्माण हुन समय नलाग्ने उल्लेख गर्नुभयो।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले स्वागत गर्नु भएको थियो भने शिक्षा शाखा प्रमुख रमेश भुसालले सञ्चालन गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img