spot_img
spot_img
spot_img

रुद्रपुरमा जबरजस्ती करणी गरी फरार व्यक्ति ७ बर्षपछि पक्राउ

spot_img

जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट ७ बर्षपछि पक्राउ गरेको छ । २०७२ साल बैशाख २० गते जिल्लाको साविक रुद्रपुर गाविस ४ स्थित रातको समयमा कोही नभएको मौका छोपी एक महिलालाई घरभित्रै बिभिन्न धम्की र यातना दिई जवरजस्ती करणी गर्ने जे.सी भनिने जिवन चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

घटना घटेलगत्तै ईलाका प्रहरी कार्यालय सालझण्डीले अनुसन्धान गरी सो समयमा तारेखमाा आरोपितलाई रिहा गरेको थियो । पछि उनलाई २०७३ भाद्र ८ गतेको फैसलाले ५ बर्ष कैद हुने ठहर गरेपछि उनी हालसम्म देश विदेशका विभिन्न स्थानमा लुकिछिपी बसेका थिए ।

खोजतलास गरी हिजो पक्राउ गरेसंगै फैसला कार्यान्व्यनको लागी जिल्ला अदालत रुपन्देहीमा पेश गरीएकोमा अदालतको आदेशले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img