पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार चार सय ११ जनाको नमुना परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा दुई जना सङ्क्रमित निको भएका छन्। योसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ जना पुगेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??