एजेन्सी । कतारमा सम्पन्न विश्व कप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो वर्ष कतारमा सम्पन्न विश्व कपमा एक सय ७२ गोलको कीर्तिमान बनेको छ । आइतवार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्व कप फाइनलमा दुवै टिमले बराबर तीन गोल गर्दै कुल छ गोल गरि खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको पेनाल्टी शुटआउटमा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि जित्न सफल भएको हो । कतार विश्व कप अहिलेसम्मकै सर्वाधिक गोल हुने प्रतियोगिता भएको छ ।
सन् २०२२ को विश्व कपमा एक सय ७२ गोल भएको छ । सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान एक सय ७१ गोलभन्दा यो एक गोलमात्र बढी हो । स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इङ्ग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा छ गोलरहित बराबरी खेल भएका थिए।
सन् २०२६ को संस्करणमा लगभग निश्चितरूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्व कप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ । फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ ।