spot_img
spot_img
spot_img

गैडहवाद्धारा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउन शुरु

spot_img

रुपन्देहीको गैडहवा गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउन शुरु गरेको छ। सार्वजनिक जग्गा अतिक्रमण नगर्न र अतिक्रमण गरी निर्माण भएका संरचनाहरु हटाउन पालिकाले पटक पटक आग्रह र सूचना गरेपनि ती संरचनाहरु नहटाइएपछि पालिकाले डोजर लगाई भत्काउन शुरु गरेको हो। सार्वजनिक जग्गाको संरक्षण गर्न मंगलबार पालिकाको वडा नम्बर ७ बगरदहवा टोलमा रहेको दुई वटा जस्ता पाता टिनले छाएको र एउटा खपडाले छाएको घरमा डोजर लगाएर भत्काएको हो। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि अध्यक्ष सुरेन्द्र पौड्याल आफै खटिएर निमयानुसार अवैध संरचना हटाउनुभएको हो। वाड न १ देखि ९ का सडकको दायाँबायाँ र सार्वजनिक ठाउँमा अतिक्रमण गरेर बनाएका सबै संरचना हटाइने जानकारी दिदै अध्यक्ष पौडेलले गाउँपालिका बिकासमा सबैले सहयोग गर्न आग्रह समेत गर्नुभएको छ।

सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्तर्गत अतिक्रमित क्षेत्रहरुको संरक्षण गर्ने कार्य शुरु गरिएको वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर केवटले जानकारी दिनुभयो। सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नाँप जाँच पश्चात एकिन गरेर भत्काइने निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव पौडेलले बताउनुभयो । सरोकारवालाहरु र स्थानीयहरुको सुझाव सल्लाह अनुसार अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर सार्वजनिक जग्गाको संरक्षण गर्न लागिएको गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले बताउनु भयो। सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन जनप्रतिनीधि सहित नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयहरुको समेत उपस्थिति रहेको थियोे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img