संसदीय दलको नेतामा नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध चयन गरेको छ । ७८ सिटसहित प्रतिनिधि सभामा दोस्रो पार्टीको रूपमा रहेको एमालले ओलीलाई निर्बिरोध गराएकाृ हो । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा चयन हुनुभएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??