बुटवलको सोह्र छत्तीस कुलोको किनारमा एक महिलाको शव फेला परेको छ। अन्दाजी ३०(३५ वर्षीया महिलाको शव आज बुधबार वडा नं ९ र वडा नं ११ को बीच भएर बग्ने उक्त कुलोमा बिहान १६ छत्तीस कुलोमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त शवको पहिचान नभएकाले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
कुलोमा मानिसलाई बगाउने र डुब्ने समेत पानी नभएकोले उक्त शव कुलोले बगाएर ल्याएको नभई कसैले ल्याएर फालेको हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीले बिहानै कुलोबाट शव निकाली पोष्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेको जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??