देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ भने हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या पर्न सुरु भएको मौसमविद्ले बताएका छन् । अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको मौसमविद्हरुले बताएका छन् ।
आउँदो २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने र देशका प्रायजसो भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको विभागले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??