त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना सुडानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरीले जनाएको छ ।
लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु फेला पारेपछि जाँच गर्ने क्रममा सुन भन्ने पुष्टि भएको हो । उनलाई भन्सार कार्यालयले नै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??