यतिबेला देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गएपछि चिसो बढ्दै गएको छ । मङ्गलबारभन्दा आज चिसो धेरै बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लाग्न सुरु गरेको छ छ भने पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ। हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । चिसो बढेसंगै देशभरको जनजिवन प्रभावित बनेको छ । चिसोले बिभिन्न थरिका स्वास्थ्य जटिलता निम्त्याउने भएको हुदाँ यसबाट जोगिन चिकित्सकले सुझाव दिएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??