उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले राहदानी विभागको निरीक्षण गर्नुभएको छ । आज दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारको पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सोमबार मन्त्री पदको शपथ लिनुभएका लामिछानेले मंगलबार राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्याबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जानकारी गराएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??