गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित गुरुङ समुदायले देशभर तमु ल्होसार पर्व मनाएका हुन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’को रुपमा मनाइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
काठमाण्डौमा ल्होसार मनाउन काठमाण्डौ नजिकका विभिन्न जिल्लाहरुबाट गुरुङ समुदायका नागरिकहरुको उपस्थिति रहेको थियो । ल्होसारको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागी हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै दाहालले तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली नागरिकका लागि गर्वको विषय भएको उल्लेख गर्दै उहाँले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभएकको थियो ।