spot_img
spot_img
spot_img

ल्होसार पर्वको अवसरमा कञ्चनमा शुभकामना आदान प्रदान कार्यक्रम

spot_img

गुरुङ्ग समुदायको नयाँ बर्ष २६०६ औ हेल्हो ल्होसार पर्व २०७९ को अवसरमा कञ्चनमा पनि विविध कार्यक्रम गरी मनाईएको छ। तमु छोंडी गुरुङ्ग राष्ट्रिय परिषद इकाई समिति कञ्चनको आयोजनामा कञ्चनको कर्मटासी छुलिङ्ग गुम्वा परिसरमा विविध कार्यक्रम सहित शुभकामना आदान प्रदान गरिएको हो । गुरुङ्ग समुदायको नयाँ बर्ष २६०६ औ हेल्हो ल्होसार पर्व २०७९ को अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जसरी हाम्रो देश बहुजातिय बहुभाषिक समुदायमा आधारित छ त्यसरी नै कञ्चन पनि कुनै एक जातीको बर्चश्व नभई बहुजाती भाषा धर्म र संस्कृतिले सु सम्पन्न स्थानीय तह भएको प्रस्ट पार्नुभयो।

कञ्चनको प्राकृतिक तथा मानव निर्मित श्रोत साधनहरुको अधिक्तम उपयोगबाट कञ्चनलाई हरेक क्षेत्रमा सवल बनाउन सबै जनप्रतिनीधि र कर्मचारी प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ढकालले गरुङ्ग समुदायको भाषा धर्म र संस्कृतिको संरक्षण गर्न गुरुङ्ग समुदायका अगुवाहरुको नेतृत्व आवस्यक रहेको समेत बताउनुभयो। कार्यक्रमका बिशष्टि अतिथि तथा गाउँपालिकाकाका उपाध्यक्ष मौसमी थापा मगरले सबै जातीको भाषा धर्म संस्कृति र परमपराको संरक्षण गर्नु आवस्यक रहेको बताउनुभयो ।

जबसम्म आफ्नो भाषा धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन हुदैन वा नयाँ पुस्तामा हस्तान्तरण हुदैन तव सम्म त्यो जातीको उत्थान र बिकास नहुने उपाध्यक्ष थापा मगरले बताउनु भयो। वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले आफ्नो वडा भित्र रहेका बिभिन्न मठ मन्दिर, गुम्वा तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण र सम्बद्र्धनमा बिशेष जोड दिदै आएको बताउनु भयो। कञ्चनको एकमात्र बौद्ध गुम्बालाई लुम्बिनीसंग जोडेर यहाँको आन्तरिक पर्यटन पर्बद्र्धन गर्न कञ्चन भित्र प्रबेश गर्ने नाकाहरुमा कञ्चनको परिचय दिने होर्डिङ्ग बोर्ड राख्ने समेत प्रतिबद्धता जनाउनु भएको छ।
कार्यपालिका सदस्य सुशिला थापाले तमुहरुको नयाँ बर्षलाई अन्य समुदायमा परिचित गराउन पालिका स्तरिय मौलिक कार्यक्रमको आयोजना गर्नु पर्नेमा जोड दिनुभयो। गुरुङ्ग समुदायका अगुवा रेस बहादुर गुरुङ्गले आफ्नो मौलिक भाषा धर्म र संस्कृतिले गुरुङ्ग समुदायको फरक पहिचान भएपनि प्रचार प्रसारको अभावका कारण हरेक गतिविधीहरु ओझेलमा पर्दै आएको बताउनु भयो। कामलाई प्राथमिकता दिने जाती भएकोले पनि मौलिकताको पहिचानको संरक्षणमा समस्या पर्दै आएको समेत रेस बहादुर गुरुङ्गले बताउनु भयो। कार्यक्रममा गुरुङ्ग भाषा, धर्म, संस्कृतिको नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यका साथ समूहगत हाजिरी जवाफ प्रतियोगिता, लोक कला संस्कृति झल्काउने नृत्य तथा कला समेत प्रस्तुत गरिएको थियो। तमु छोंडी गुरुङ्ग राष्ट्रिय परिषद इकाई समिति कञ्चनका अध्यक्ष बिल बहादुर गरुङ्गको अध्यक्षता तथा धन बहादुर गुरुङ्गको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img