कम्बोडियाको एक होटलमा भएको आगलागीमा परि झापाका निराकार पाण्डेको निधन भएको छ। ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा अन्य १८ जनाले ज्यान गुमाएका छन, निराकर सहित १९ जनाले ज्यान गुमाएको थाइल्यान्डमा रहेको नेपाली दूतावासले जनाएको छ । विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गरेको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ ।
आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका छन ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’ भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए ।
साथै उनले छोरालाई कसैलाई चिट र फ्रडु नगर्नू पनि भनेका छन । घटनामा झण्डै ५० जना घाइते भएका बीबीसीले जनाएको छ । भवनभित्रको विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली पनि बन्द भएपछी मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए ।