spot_img
spot_img
spot_img

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई थप सात वर्षको जेल सजाय

spot_img

एजेन्सी । म्यानमारको सैन्य सरकार समर्थित अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सँगै ७७ वर्षकी सुकीको जेल सजाय ३३ वर्ष पुगेको बीबीसीले जनाएको छ । गएको हप्ता संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सुकीलाई रिहा गर्न आग्रह गरेपछि म्यानमारको अदालतले सुकीलाई लगाइएका अन्तिम पाँच आरोपमाथि सुनुवाइ सुरु गरेको थियो ।

म्यानमारका सहयोगी देशहरु चीन र रुसले समेत भिटो प्रयोग नगरेका कारण सुकीलाई रिहा गर्ने अपेक्षा गरेकोमा थप सात वर्षको सजाय सुनाएको बीबीसीले जनाएको छ ।
चुनाव जितेकी सुकीको सरकारलाई सेनाले २०२१ को फेब्रुअरीमा अपदस्त गरी सैन्य सरकार गठन गरेको थियो । सरकार अपदस्त भएदेखि नै नजरबन्द र जेलमा रहनुभएकी सुकीमाथि सेनाले १९ वटा आरोप लगाएको थियो । तत्कालीन सरकारका एक मन्त्रीले हेलिकप्टर भाडामा लिँदा नियम पालना नगरेको आरोपमा पनि सुकीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img