तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । शनिबार दिउँसो २ बजे पोखराबाट काठमाडौ आउँदै गरेको नं३०१००६ ख ०९२४ नंबरको बस र विपरित दिशाबाट जाँदै गरेको ग १३ प ३५५४ नंको स्कुटर ठोक्किदा बन्दिपुर गाउँपालिका ५ याम्पास्थित पृथ्वीराजमार्गमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भानु नगरपालिका १३ समजुर बस्ने चालक ३२ वर्षीय शेख महमद रखिम मिया गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ । बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका(४ बस्ने ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??