spot_img
spot_img
spot_img

अरबमा १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि

spot_img

एजेन्सी। अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (इएससिडब्लुए)ले सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् ९जीसीसी० सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित रहेको जनाएको छ। सर्वेक्षणले आगामी दुई वर्षमा गरिबीको स्तर अझ बढ्ने र सन् २०२४ सम्ममा गरिबी ३६ प्रतिशत जनसङ्ख्यामा पुग्ने प्रक्षेपण गरेको छ ।

यसबाहेक, अरब क्षेत्रमा सन् २०२२ मा विश्वको सबैभन्दा उच्च बेरोजगारी दर १२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान प्रयासका कारण सन् २०२३ मा ११.७ प्रतिशतमा झरेको छ । सन् २०२३ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ४।५ प्रतिशत र सन् २०२४ मा ३।४ प्रतिशत रहने अनुमान गरिएको छ । तेल आयात गर्ने देशहरूले बढ्दो ऊर्जा लागत, खाद्य आपूर्तिको कमी र पर्यटन तथा अन्तर्राष्ट्रिय सहायता प्रवाह दुवैमा गिरावटसहित धेरै सामाजिक आर्थिक चुनौतीहरूको सामना गर्नेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img