spot_img
spot_img
spot_img

१० मिनेटका लागि मिकाले लिए डेढ करोड भारु

spot_img

एजेन्सी । अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले २९ डिसेम्बरमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए । उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भए। गायक मिका सिंहले स्टारहरूले भरिएको साँझमा आफ्ना गीतहरूले दर्शकहरूलाई मोहित बनाए। मिडिया रिपोर्टका अनुसार उनले यस समारोहमा १० मिनेट मात्रै प्रस्तुति दिए तर त्यसका लागि करिब डेढ करोड भारतीय रुपैयाँ शुल्क लिएका थिए ।

मिका सामान्यतया एक घण्टाको कार्यक्रमको लागि यति धेरै पैसा लिन्छिन्। अम्बानी परिवारमा हुने जुनसुकै समारोहमा मिका सिंह प्रायः प्रस्तुतिका लागि देखिन्छन् । मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीको बिहेमा पनि मिकाले आफ्नो प्रस्तुति दिएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img