रुपन्देहीको कञ्चन गाँउपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची पाणिनि गाउपालिका वडा नं ६ घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा नं ५ गरगरेमा सुनचाँदी व्यबसाय सञ्चालन गर्दै आएका बर्ष २३ का बिल बहादुर बिक रहेका छन। ईलाका प्रहरी कार्यलय रुद्रपुरले दिएको जानकारी अनुसार गएराती करिब साढे १० बजेको समयमा गरगरेबाट हरैया तर्फ जाँदै गरेको लु ३७ प ५१५३ नम्बरको मोटरसाइकल र हरैयाबाट गरगरे तर्फ जाँदै गरेको लु २० प ८७८ नम्बरको मोटरसाईकल लुम्बिनी फायरलाईन सडक खण्ड अन्तर्गत शिवालयचोकमा एक आपसमा ठक्किदा लु ३७ प ५१५३ नम्बरको मोटरसाइकल चालक बिल बहादुर बिकको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो।
घाईते बिकलाई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचार कै क्रममा ज्यान गएको अस्पतालले जनाएको हो। यस्तै लु २० प ८७८ नम्बरका मोटर साइकल चालक जिल्ला रुपन्देही वडा नं ४ बस्ने बर्ष अन्दाजी ४० का गिरबहादुर बिश्वकर्माको बायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा भईरहेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।