spot_img
spot_img
spot_img

लायन्स क्लव अफ बुटवल देउरालीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

spot_img

-रवि राना
लायन्स क्लव अफ बुटवल देउरालीको आयोजनामा बुटवल स्थित भवानी माध्यमिक बिद्यालयमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। शनिवार सञ्चालन गरिएको उक्त शिविरमा ४ सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएका छन। शिविरमा दाँत, मुख, नाक कान घाँटी, जनरल फिजिसियन सम्बन्धी सम्पुर्ण निःशुल्क रुपमा जाँच गरिएको आयोजकले जनाएको छ। स्वास्थ्य शिविरको शुभारम्भ गर्दै बुटवल उपमहा नगरपालिका वडा नं १८ का वडा अध्यक्ष गुरु प्रसाद पंगेनीले स्थानीय स्तरमा स्थापना भएका बिभिन्न गैर सरकारी संघ संस्थाहरुले मानव सेवार्थ बिभिन्न सेवामुलक कार्यहरु गर्नु सकारात्मक भएको बताउनु भएको छ।

वडा अध्यक्ष पंगेनीले स्थानीय स्तरमा स्थापन भएका संघसंस्था र तिनका प्रतिनीधीहरु त्यो समाजको नजिकको जनप्रतिनीधि जस्तै भएको बताउदै समाजमा हुने हरेक कृयाकलापहरुबारे बढी जानकार हुने भएकोले पनि कहाँ के कस्तो कार्यक्रम गर्दा त्यसले समाजलाई कस्तो प्रतिफल दिन्छ भन्ने सूचना समेत प्राप्त हुने भएको ती संघसंस्थाहरुलाई काम गर्न समेत सहज हुने उल्लेख गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि तथा लायन्स क्लव अफ इन्टरनेश्नल डायमण्ड स्टार PMJF डिस्ट्रिक सहायक मुख्य एडभाइजर बलराम भट्टराईले लायन्स क्लव ग्रामिण क्षेत्रमा रहेका बिपन्न र बिभिन्न सेवाहरुको पहुँचबाट टाढा रहेका समुदायहरुको निःस्वार्थ सेवाका लागि स्थापना भएको अन्तराष्ट्रिय गैर सरकारी संस्था भएको बताउनु भयो। लायन्स क्लवले स्वास्थ्य, आपत तथा विपद, बृक्षारोपण जस्ता कार्यहरुमा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै आएको भट्टराइृले जानकारी दिनुभयो।

निःशुल्क स्वास्थ्य शिविरको बारेमा जानकारी दिदै लायन्स क्लव अफ बुटवल देउरालीका सदस्य तथा कार्यक्रम संयोजक तिर्थराज खनालले मानविय सेवामा निरन्तर कार्य गर्दै आइरहेको र आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामिण क्षेत्रमा रहेका र आर्थिक अभावका कारण बुटवलका अस्पतालहरुमा उपचार गर्न जान नसकेका बिरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरी सेवा गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। लायन्स क्लव अफ बुटवल देउरालीका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष दिपक पन्थीको स्वागत तथा द्वितिय उपाध्यक्ष कृष्ण भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। सिद्धवावा डेन्टल क्लिनिक, शुद्धोदनले चिकित्सक सहितको प्राविधिक सहयोग तथा बुटवल उप महानगरपालिका वडा नं। १८ को सहयोगमा निःस्वास्थ्य शिविर सञ्चालन भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img