बुटवल । कपिलवस्तुकी रुपा रौतारले बुटवलमा भएको प्रदर्शनी आइडलको उपाधि जितेकी छिन । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा सोमबार भएको प्रदर्शनी आइडलको ग्राण्ड फिनालेबाट रौतार विजयी बन्न सफल भएकी हुन । विद्युतिय दुर्घटनामा परि ४ वर्षको बाल्यकालको उमेरमै दुबै हात गुमाउन पुगेकी रुपाले मंसिर अन्तिम साता प्रदर्शनी आइडलका लागि पहिलो अडिसन पार गरेका ३३ जना सहभागिबाट छानिदै प्रदर्शनी आइडलको उपाधि जितेकी हुन्।
प्रदर्शनी आइडल बनेकी रुपाले १ लाख ११ हजार १,११ रुपैयाँ सहित पुरस्कार प्राप्त गरेकी छन्। प्रतिष्पर्धामा अञ्जली विश्वकर्मा दोश्रो हुँदै ५५ हजार ५ सय ५५ रुपैयाँ र एन्जिला क्षेत्री खत्री तेश्रो हुँदै ३३ हजार ३ सय ३३ रुपैयाँ सहित पुरस्कार प्राप्त गरेकी छिन।