अत्याधिक जाडो बढेपछि रुपन्देहीको गैडहवामा रहेका सम्पुर्ण बिद्यालयहरुमा पठनपाठन बन्द गरिने भएको छ । आज (बुधवार) गैडहवा गाउँपालिकाले एक सूचना जारी गर्दै अत्याधिक चिसोका कारण विद्यालयमा अध्ययनरत विधार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने उल्लेख गर्दै गैडहवाका सम्पुर्ण शैक्षिक संस्थाहरुमा जाडो विदा दिईएको जनाएको छ ।
गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीद्वारा जारी सूचनामा हाल अत्याधिक चिसो बढ्दै गइरहेको कारणबाट बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने सक्ने भएकोले गाउपालिका भित्रका सम्पुर्ण सामुदायिक, संस्थागत तथा मदरसा आगामी पुस २९ गतेसम्म पठनपाठन कार्य बन्द हुने उल्लेख गरिएको छ।
पछिल्लो समय तराईमा शितलहरसंगै अत्याधिक चिसो बढिरहेका कारण जनजिवन असाधारण बन्दै गइरहेको छ।