spot_img
spot_img
spot_img

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै सहरमा समाधिस्थ गरियो

spot_img

एजेन्सी । फुटबलका विश्व “सम्राट” पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको सहरको चिहानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ुक्याथोलिकु भजन गाउँदै, बजाउँदै गरिएको शव यात्रामा हजारौँ सहभागी भएका थिए । सुनले बेरिएको कास्केट आइपुग्नुअघि चिहानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

पेलेको ८२ वर्षको उमेरमा गएको हप्ता निधन भएको हो । उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए । पेलेको अन्तिम संस्कार वा शव यात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img