-रवि राना
कोव्रा गाईज बुटवल समूहले बुटवलको एक बिद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराएको छ। उक्त समूहले बुटवल १९ स्थित अमर माध्यमिक विद्यालयलाई एक कार्यक्रमका बिच बिभिन्न खेलकुदका सामग्रीहरु उपलब्ध गराएको हो। खेलकुद सामग्री उपलब्ध गराउदै कोव्रा गाइज समूहका उपाध्यक्ष सरोज थापाले बिधार्थीहरुको शैक्षिक स्तरबृद्धि गर्न उनिहरुको शारिरिक र मानसिक रुपमा तन्दुरुस्त बनाउन आवस्यक रहेको उल्लेख गर्नु भयो। युवाहरुलाई सामाजिक रुपमा सक्रिय र सामज प्रति उत्तरदायी बनाउन कोव्रा नामक युवा समूहको परिकल्पना गरिएको बताउदै उपाध्यक्ष थापाले समाजमा रहेका विपन्न, गरिव तथा असाहयहरुको सहयोग र उद्धारमा कोव्रा समूह समाजमा सक्रिय हुने बताउनु भयो।
कार्यक्रममा अमर माध्यमिक बिद्यालयका व्यबस्थापन समितिका अध्यक्ष टीकाराम बरालले आफु रहेको समाज रुपान्तरणका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो। युवाहरुमा शक्ती र श्रोत दुबै हुने भएकोले युवाहरुमा भएको उक्त शक्ती र श्रोतलाई राज्यले पहिचान गर्न सके देश समृद्ध हुन समय नलाग्ने अध्यक्ष बरालले बताउनु भयो।
बिधार्थीहरुको सुन्दर भविष्य निर्माण गर्न बिद्यालय र समुदाय दुबै पक्ष सवल हुन आवस्यक हुने समेत बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष बरालले उल्लेख गर्नु भयो। खेलकुद सामग्री वितरण कार्यक्रमलाई सहजिकरण गर्दै कोव्रा गाइज समूहका सचिव सचिन रायमाझीले बिधार्थीहरुको खेलकुद बिकासमा थोरै भएपनि सहयोग पुगोस भन्ने सोंचका साथ बिद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराइएको जानकारी गराउनु भयो।
उपाध्यक्ष सरोज थापाको नेतृत्वमा समूहका अन्य पदाधिकारी सहितको टोलीले अमर माध्यमिक विद्यालयमै पुगेर व्याडमिण्टन, फुटवल, भलिवल, स्किपिंग लगायत खेलकुदका सामग्री बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई संयुक्त रुपमा प्रदान गरिएको थियो।