रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं। ४ मा रहेको श्री रुद्रपुर माध्यमिक विद्यालयको ४८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मौसमी थापा मगरले शिक्षा मानिसको तेश्रो आँखा भएको उल्लेख गर्नु भएको छ। मौजुदा शिक्षा प्रणालीले उत्पादनसंग नजोड्न नसकेपनि प्राप्त श्रोत श्रोत साधनको उपयोग बिधार्थीलाई अनुशासति, व्यबहारिक र लगनशिल बन्नमा उत्प्रेरित गर्नु पर्ने उपाध्यक्ष थापा मगरले बताउनुभयो। उपाध्यक्ष थापा मगरले बिद्यालयको शैक्षि स्तर राम्रो बनाउन शिक्षक, अभिभावक, बिधार्थी र समुदायको भुमिका नै बढी महत्वपुर्ण हुने बताउनुभयो।
यस्तै बिशिष्ट अतिथि तथा वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले विद्यालयमा पढ्ने र पढाउने भन्दा पनि शिक्षकले किन र केका लागि कस्तो शिक्षा दिने भन्ने कुरा प्रष्ट हुनुपर्ने बताउदै बिधार्थीहरुले पनि मैले किन र के पढ्ने भन्नेबारे प्रष्ट हुन आवस्यक रहेको बताउनु भयो। बिधार्थीहरुमा पढेर देशमै केही गर्छु र आफै स्वरोजगार बन्छु भन्ने भावनाको बिकास गर्न अभिभावक, शिक्षक र समुदायले फरक वातावरण श्रृजना गर्नु पर्ने बताउदै वडा अध्यक्ष खत्रीले एस ई ई परिक्षामा उत्कृस्ट ग्रेड लिएर उत्तिर्ण भई बिज्ञान बिषय पढ्न चाहने अति विपन्न परिवारका बिधार्थीलाई गाउपालिकाबाट आर्थिक सहयोग गर्न प्रतिबद्ध रहने बताउनुभयो।
कार्यक्रममा लुम्विनी ज्ञान निकेतन माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिद्यालय बिधार्थी र शिक्षकहरुको साझा मन्दिर भएको बताउनु भयो। बिद्यालयबाट सिकेको शिक्षाले समाज रुपान्तरणमा सकरात्मक भुमिका खेल्नु पर्ने बताउदै प्रधानाध्यापक शर्माले बिद्यालय र बिधार्थी कस्तो बनाउने भन्ने कुरा बिधार्थी, शिक्षक र अभिभावक सहितको त्रिकोणात्म सम्बन्ध र सहकार्यले निर्धारण गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा रुद्रपुर माध्यमिक बिद्यालयका शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष पुर्ण बहादुर श्रीस, लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालयका बिद्यालयल व्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेल लगायतले सम्पुर्ण ज्ञानहरुको साझा मन्दिर भएको र उक्त मन्दिरमा प्रबेश गर्ने हरेक बिधार्थीहरुले आफु र आफु बसेको गाउँ ठाउँको परिचय बनाउने गरी सभ्य र असल व्यबहार सहितको शिक्षा लिनु पर्नेमा जोड दिनुभयो।
बिद्यालयका प्रधानाध्यापक पिताम्बर भट्टराईद्वारा बिद्यालयको बार्षिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको कार्यक्रममा राष्ट्रिय खेलकुदमा सहभागी भएर प्रथम हुने खेलाडी र बिद्यालयमा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान तथा पुरस्कृत गएिको थियो। बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षतामा समपन्न कार्यक्रममा बिधार्थीहरुद्वारा विविध सांस्कृतिक नृत्य तथा कला प्रस्तुत गरेका थिए।
सहायक प्रधानाध्यापक डोलाराम पौडेलको स्वागत गर्नु भएको कार्यक्रममा शिक्षक चन्द्र बहादुर आलेले सञ्चालन गर्नुभएको थियो। अंग्रेजी र नेपाली माध्यमा पठन पाठन हुने उक्त बिद्यालयको अंग्रेजी माध्यममा भने हिजो विहिवार विविध खेलकुद कार्यक्रम सञ्चालन गरि बार्षिक उत्सव मनाइएको थियो।