रुपन्देहीको कञ्चनमा एक जना सुस्तमनस्थितीकी महिलामाथी यौन दुर्ब्यवहार गर्ने एक जना पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार महिलामाथी यौन दुर्व्यवहारमा संलग्न जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नं. ३ बस्ने बर्ष अन्दाजी २८र२९ का राजन अधिकारीलाई (बिहिबार) सांझ नै नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सालझण्डी पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
वडा नं. ४ बस्ने बर्ष अन्दाजी २२र२३ बर्षकी सुस्तमनस्थितीकी भएकी महिलालाई मादक पदार्थ सेवनगरी दिउसो करिब ३ः३० बजेको समय अधिकारीले यौन दुर्व्यबहार गरेको प्रहरीले जनाएको हो ।
आफुमाथी यौन दुर्व्यबहार भएको भन्दै ती महिलाले आफ्नो अभिभावकलाई जानकारी गराएकी थिईन। आफ्नो छोरीमाथी यौन दुर्व्यवहार भएपछि ईलाका प्रहरी कार्यलय, रुद्रपुरलाई खवर गरेलगत्तै सांझ करिब ७ बजेको समयमा प्रहरीले निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सालझण्डी पठाइएको छ।