एजेन्सी। अमेरिकाको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन पार्टीका केभिन मेकार्थी निर्वाचित हुनुभएको छ। सभामुख न्यान्सी पेलोसीले राजीनामा दिएपछि रिक्त पदका लागि भएको चुनावमा पन्ध्रौँ पटकको मतदानबाट मेकार्थी निर्वाचित हुनुभएको हो ।
अमेरिकामा सभामुख चयनको लागि पछिल्लो १ सय ५० वर्षयता यस्तो गतिरोध नदेखिएको बीबीसीले जनाएको छ। रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई विफल बनाइदिएका थिए । विपक्षमा रहेका ६ जना रिपब्लिकन सांससदले अडान छाडेपछि चुनाव सम्पन्न भएको हो। यसअघि शुक्रवार भएको चुनावमा एक मत नपुग्दा मेकार्थीको पक्षमा बहुमत पुगेकाे थिएन ।
राष्ट्रपति जो बाइडनले नयाँ सभामुखलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछिको मर्यादाक्रममा सभामुख रहने व्यवस्था छ ।