spot_img
spot_img
spot_img

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दो

spot_img

एजेन्सी । श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१ र २२ मा कुपोषणको समस्या बढेको हो । संयुक्त राष्ट्र सङ्घीय बालकोष ९युनिसेफ० पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा कुपोषण समस्या यथावत् छ भने यसवर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।
देशले पछिल्लो पटक भोगेको आर्थिक सङ्कटबाट पनि बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण कुपोषण बढेको श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले बताउनुभएको छ । उहाँले कुपोषणको समस्या समाधानका लागि आवश्यक कदम चालिएको पनि बताउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img