spot_img
spot_img
spot_img

रुद्रपुर खानेपानी संस्थाको छैठौं साधारण सभा सम्पन्न

spot_img

रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४ को छैठौं साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले लेखनाथ पौडेलद्वारा प्रस्तुत भएको संस्थाको बिधान २०६७ संशोसधन २०७९, ओमप्रसाद गुरुङ्गद्वारा प्रस्तुत निर्वाचन कार्यविधी २०७९, तथा संस्थाका कार्यवाहक अध्यक्ष गेम बहादुर थापाद्वारा प्रस्तुत आर्थिक प्रशासन नियमावली २०७९, र कर्मचारी प्रशासन नियमावली २०७६ संशोधन २०७९ लाई आवस्यक छलफल सहित प्राप्त सुझावको आधारमा पुन संशोधन सहित अनुमोदन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनवासीलाई शुद्ध र स्वच्छ पिउने पानी उपलब्ध गराएर उपभोक्ताहरुको स्वास्थ्यमा अनुकुलता दिन सफल भएको प्रति धन्यवाद ब्यक्त गर्नु भयो। देशका बिभिन्न खानेपानी योजनाका उपभोक्ता समितिहरुको अध्ययन अवालेकन गर्ने महत्वपुर्ण संस्थाको रुपमा रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई बिकास गर्नु कम चुनौतीपुर्ण नभएको बताउदै उपाध्यक्ष थापा मगरले संस्थाको संस्थागत बिकास र उपभोक्तामैत्री संस्था निर्माण गर्न अनेक चुनौती झेल्दै आएका सञ्चालक समिति,उपभोक्ता र सरोकारवालाको साथमा कञ्चन गाउपालिका पनि रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका बिशष्टि अतिथि तथा वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चन गाउँपालिका आफैमा पर्यटकिय दृष्टिले सम्भावना बोकेको स्थानीय तह भएको र यसको प्रबर्द्धनका लागि वडा नं ४ बिभिन्न पर्यटकिय स्थलहरुको सम्बर्द्धन र संरक्षणमा वडा नं। ४ सदैव क्रियाशिल रहेको बताउनु भयो। कञ्चनमा सञ्चालनमा रहेका बिभिन्न खानेपानी योजनाहरु मध्ये रुद्रपुर खानेपानी योजना ठूलो र पर्यटकिय दृष्टिले बढी सम्भावना बोकेको संस्था भएकोले यस संस्थाले उपभोक्ताहरुलाई स्वच्छ र स्वस्थ पिउने पानी वितरण गरेर आफ्नो जिम्मेवारी सफल रुपमा बहन गरेको वडा अध्यक्ष खत्रीले बताउनु भयो। वडा नं। ४ मा कर्मटासी छुलिङ्ग गुम्वा, रुद्रपुर सामुदायिक बन, रुद्रेश्वर महादेवको मन्दिर, तुलसीघाट र रुद्रपुर खानेपानी योजनाले कञ्चनको सवल र समृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने वडा अध्यक्ष खत्रीले उल्लेख गर्नुभयो।

कार्यक्रममा उपभोक्ताहको तर्फबाट प्राप्त सुझाव र टिप्पणीहरुमाथी संस्थाका संस्थापक तथा निवर्तमान अध्यक्ष दीनानाथ आचार्य, विधान संशोधन उपसमितिका संयोजक लेखनाथ पौडेल, निर्वाचन कार्यविधि २०७९ मस्यौदा उपसमितिका संयोजक ओमप्रकाश गुरुङ्ग, लेखा समितिका संयोजक टोप बहादुर बुढाथोकी, सदस्य हिमा बेलवासे, संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गेम बहादुर थापाले जवाफ तथा स्पष्टीकरण दिनु भएको थियो।
उपभोक्ताहरुको तर्फबाट तुलसी प्रसाद अधिकारी, जगी लाल थापा, कृष्ण प्रसाद अधिकारी, रेशम बहादुर थापा, सुमित्रा बुढाथोकी लगायतले संस्थाको बिधान २०६७ संशोसधन २०७९, निर्वाचन कार्यविधी २०७९, आर्थिक प्रशासन नियमावली २०७९, कर्मचारी प्रशासन नियमावली २०७६ संशोधन २०७९ र संस्थाको बार्षिक तथा आर्थिक प्रतिवेदनमाथी संशोधन सहितको सुझाव तथा टिप्पणी गर्नु भएको थियो।

साधारण सभाले कार्यबाहक अध्यक्ष गेम बहादुर थापाद्वारा प्रस्तुत संस्थाको बार्षिक प्रगती प्रतिबेदन तथा कार्ययोजना, सुरक्षा समितिका संयोजक भानुभक्त भण्डारीद्वारा प्रस्तुत बार्षिक आय व्यय प्रतिबेदन, लेखा समितिका संयोजक टोप बहादुर बुढाथोकीद्वारा प्रस्तृुत लेखा परिक्षण समितिको प्रतिवेदन सर्बसम्मत अनुमोदन गरेको छ। सभामा संस्थाका पुर्व कार्य समिति, सुरक्षा टोली, सल्लाहकार, लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा संस्थाको बार्षिक उत्सवको अवसरमा आयोजित सरसफाई सम्बन्धी गित तथा नृत्य प्रतियोगितामा विजेता तथा उपविजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यबाहक अध्यक्ष गेम बहादुर थापाको अध्यक्षता तथा खानेपानी सुरक्षा टोलीका संयोजक भानुभक्त भण्डारीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सदस्य दुर्गा राजकोटीले गर्नु भएको थियो। साधारण सभाले आगामी ३ बर्षका लागि नयाँ कार्य समिति र लेखा समिति गठन गर्ने छ भने २ हजार ६७९ जना उपभोक्ता रहेका छन। कञ्चनको वडा नं २, ३, ४ र ५मा आफ्नो कार्यक्षेत्र रहेको उक्त संस्थाले स्थापना भएको १२ बर्षमा करिब ९५ किमी पाइपलाइन बिस्तार गरी सुरक्षित खानेपानी उपलब्ध गराएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img