एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो ।
दुर्घटनाको कारणको गहिरो अनुसन्धान भइरहेको जनाइएको छ । दुर्घटनाको करिब एक घण्टा पछि, नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा ‘कुहिरो मौसमु अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी गर्यो । ‘ड्राइभिङ भिजिबिलिटी कम छ। यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ’ सुझावमा भनिएको छ ।