spot_img
spot_img
spot_img

मिन्हाम लेस ५०१६को अवसरमा कञ्चनमा सांस्कृतिक मगर खाना महोत्सवको तयारी अन्तिम चरणमा

spot_img

कञ्चन

मगरहरुको नयाँ बर्ष मिन्हाम लेस ५०१६ तथा माघ्या सकरातीको अवसरमा कञ्चनमा सञ्चालन गरिन लागेको मगर खाना तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल मगर संघ, कञ्चन गाउँकार्यसमितिको आयोजनामा सञ्चालन हुने कार्यक्रमको तयारीका लागि संघले कार्य गरिरहेको छ । कार्यक्रममा विशेषगरी मगरहरुको मौलिक खाना, भेषभुषालाई प्रवर्द्धन र संरक्षण गर्ने उद्धेश्यका साथ बटुक (बारा), सेलरोटी, विरमला, छोप, बंगुरको मासु लगायतका सांस्कृतिक तथा मौलिक खानाहरुको पदर्शन गरिने संघका उपाध्यक्ष थम सिंजाली मगरले जानकारी दिनुभएको छ।

मगर समुदायको पनि आफ्नै चार्ड पर्व र नयाँ बर्ष रहेको त्यो परमपरालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको जिम्मेवरी कर्तव्यलाई आत्मसाथ गरी यस बर्ष देखि मगर समुदायको नयाँ बर्ष मिन्हाम लेसलाई बिशेष पर्वको रुपमा मनाउन थालिएको संघका सदस्य प्रकाश थापा मगरले जानकारी दिनुभयो।

मगर खानाबारे प्राय मान्छे जानकार भएपनि मिन्हाम लेसको बारेमा प्रचार प्रसार नभएको र हरेक बर्षको माघ महिनालाई मगर समुदायले नयाँ बर्षको शुरुवाती महिनाको रुपमा मनाउने प्रचलनलाई यस बर्ष देखिको सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तामा हस्तान्तरणको प्रारम्भिक चरणको शुरुवात हुने संघका अध्यक्ष कविराज काउचा मगरले बताउनु भएको छ। कञ्चन गाउँपालिका वडा नं ४ को दियो खेलमैदानमा आयोजना गरिएको मगर खाना तथा विविध सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा सोरठी, कौराह, मारुनी नाच लगायत पुराना लोक संस्कृति झल्किने गित तथा नृत्य समेत प्रस्तृत गरिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रमको अवलोकन र मिन्हाम लेसबारे जानकारी लिन आम कञ्चनवासी र छिमेकी पालिकावासीलाई आममन्त्रण गरिएको छ। मगरहरुको सांस्कृतिक पर्व र नयाँ बर्षबारे सैद्धान्तिक प्रवचनका लागि नेपाल मगर संघ, केन्द्रिय समितिका पदाधिकारी रुपन्देहीको कञ्चनमा आउने कार्यक्रम समेत तय भएको संघका उपाध्यक्ष थम सिंजाली मगरले जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img