spot_img
spot_img
spot_img

रुपन्देहीको देवदह नगरपालिकामा नगर बाल सञ्जाल गठन

spot_img

सुरज भट्टराई, देवदह//

रुपन्देहीको देवदह नगरपालिकामा नगर बाल सञ्जाल गठन गरिएको छ । नगरपालिकाले वडा बाल सञ्जालका प्रतिनिधिहरुलाई सहभागि गराई नगर बाल सञ्जाल गठन गरेको हो । देवदह नगरपालिकाले आज एक कार्यक्रमकाबीच नन्दनी अग्रहरीको अध्यक्षतामा १७ सदस्यी नगर सञ्जाल गठन गरेको हो। यसैगरी सञ्जालको उपाध्यक्षमा सायन रेग्मी, सचिवमा संस्कृति घर्ती, सह(सचिवमा कृष्टिना न्यौपाने र कोषाध्यक्षमा सन्देश पाण्डे चयन भएका छन्। सदस्यहरुमा संगिल न्यौपाने, सिवानी सेन, जिना कृति ढुङ्गाना, दिपिका लामिछाने, विनिता बगाले, जस्मिन गाहा, चाँदनी पुन, एलिना खड्का, कृति न्यौपाने, भुमिका भिषाल, मनिषा न्यौपाने चयन भएका छन्।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले सभ्य समाज निर्माण गर्न बालमैत्री समाज हुन जरुरी रहेको र देवदह नगरपालिका बाल मैत्री नगर घोषणा गर्ने गरि अगाडी बढेको बताउनु भयो। उहाले देवदहका १२ वटै वडामा वडा बाल सञ्जाल गठन गरिसकेको बताउनुभयो। उहाले देवदह नगरपालिकालाई बाल मैत्री नगर बनाउनको लागि आवश्यक पर्ने बजेट नगर सभाले विनियोजन गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभयो। उहाले अब बन्ने समितिले बाल मैत्री नगर घोषणा गर्ने कुरामा महत्त्वपूर्ण भुमिका खेल्नेकुरामा आसावादी रहेको बताउनुभयो। उहाँले बालबालिकालाई आफ्नो अधिकार खोज्न नडराउन आग्रह गर्दै अधिकार माग्दै गर्दा कर्तव्य पनि पुरा गनुपर्ने बताउनुभयो।

देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले आफू भित्रको प्रतिभालाई चिन्न र सोहि अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो। बालबालिकाको संरक्षणका लागि नगरपालिकाले काम गरेको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो। कार्यक्रममै बोल्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले देवदह नगरपालिका बाल मैत्री नगर बनाउने अभियानमा अगाडि बढेको बताउनुभयो। उहाले सुखी नगर समृद्ध नगर बनाउन नगरबासी सबैको योगदान आवश्यक रहेको बताउनुभयो। देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले अबको एक बर्षमा देवदह नगरपालिका वडा नं ५ लाई बाल मैत्री वडा घोषण गर्ने गरी अघि बढेको बताउनुभयो।

देवदह नगरपालिका नगर बाल सञ्जालको निवर्तमान अध्यक्ष दिया न्यौपानेले आफुहरुको कार्यकालमा सरोकारवालाबाट आवश्यक अनुसारको सहयोग नभएका कारण पनि सबै काम गर्न नसकिएको बताउँदै अब आउने बालबालिकाका लागी सहयोग गर्न आग्रह गर्नुभएको छ। कार्यक्रम देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकाको आधारभूत हक अधिकार, बालमैत्री नगर बनाउन नगरको ऐन नियमा भएका व्यवस्थाको बारेमा उप सचिब टिकाराम शर्माले प्रकाश पार्नु भएको थियो। कार्यक्रम देवदह नगरपालिका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ को स्वागत र नगर बाल संजालको पुर्व सचिब राहुलदेव सापकोटाको सञ्चालनमा भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img