spot_img
spot_img
spot_img

दिल्लीको विभत्स दुर्घटनामा ठूलो कारवाही : ११ प्रहरी निलम्बित

spot_img

 एजेन्सी//

दिल्लीमा केही दिन अघि घटित विभत्स दुर्घटनाको मामिलामा ११ प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । यसबारे दिल्ली प्रहरीले जानकारी दिएको छ । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार दिल्लीस्थित कंझावलाको घटनामा समावेश कार जुन बाटो हुँदै यात्रा गरिरहेको थियो त्यो रुटमा पार्ने पिसिआर र प्रहरी पिकेट्समा तैनाथ प्रहरीलाई निलम्बन गरिएको हो । यसअघि दिल्ली प्रहरीले कंझावला केसमा लापरवाही गरेको आरोपमा कारवाही गरिने बताएको थियो ।
जनवरी १ तारिखमा २० वर्षकी युवतीको मृत्यु भएको थियो । उनले चलाएको स्कुटरलाई एउटा कारले ठक्कर हानेको थियो । ठक्करका कारण ती युवती लडेको र उनको एउटा खुट्टा कारको पाङ्ग्रामा अड्किएपछि उनी थुप्रै किलोमिटरसम्म कारसँगै घस्रेकी थिइन् । बिहिबार गृहमन्त्रालयले दिल्ली प्रहरीको रिपोर्टको संज्ञान लिँदै, गृह मन्त्रालयले घटनाको समयमा त्यहाँ कार्यरत प्रहरीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img