spot_img
spot_img
spot_img

कञ्चनमा सन्तानको रहर पुगेकाहरुका लागि स्थायी बन्ध्याकरण क्याम्प

spot_img

कञ्चन//
रुपन्देहीको कञ्चन गाउँपालिकामा सन्तानका रहर पुगेका महिला तथा पुरुषका लागि आज स्थायी बन्ध्याकरण क्याम्प सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय, रुपन्देहीको आयोजना तथा मेरी स्टोप्सको प्राविधिक सहयोगमा रुद्रपुर स्वास्थ्य चौकीमा सञ्चालन हुने बन्धयाकरण क्याम्पको कञ्चन गाउँपालिकाले स्थानीय व्यबस्थापन गरे्को छ। कञ्चनमा ५० जना भन्दा बढी सन्तानको रहर पुगेका महिला तथा पुरुषहरुको स्थायी बन्ध्याकरणको रुपमा मिनील्याब तथा भ्यासेक्टोमी गर्ने स्वास्थ्य कार्यालय रुपन्देहीको लक्ष्य रहेको छ।

कञ्चन गाउँपालिका स्वास्थ्य शाखाले पनि उक्त लक्षलाई पुरा गर्न जनप्रतिनीधि, कर्मचारी, संघसंस्था, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका विभिन्न सञ्चार तथा सरोकारवालाहरुको माध्यमबाट प्रचार प्रसार गरिएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनुभएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img