एजेन्सी//
रुसले पूर्वी युक्रेनको सहर सोलेदार कब्जा गरेको दाबी गरेको छ । महिनौँको असफलतापछि सोलेदार सहर कब्जा गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। रुसको यो दाबीलाई युक्रेनले ‘सूचनाको हल्ला’ फैलाएको भनेर टिप्पणी गरेको छ । नुनखानीको सहर सोलेदार र आसपासमा आक्रमणका घटना भइरहेका युक्रेनको भनाइ छ । तर अमेरिकामा रहेको इन्स्टिच्युट फर द स्टडी अफ वारले रुसी सुरक्षाकर्मीले सोलेदार सहर कब्जा गरेजस्तो देखिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न आफ्ना सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
युक्रेनी सहर सोलेदार कब्जा गरेको रुसको दाबी, रुसले “सूचनाको हल्ला फैलायो” : युक्रेन
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??