लुम्बिनी//
लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको माघी महोत्सव स्थगित गरिएको छ। आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनापछि संघीय सरकारले सोमबार राष्ट्रिय शोक बिदा दिएपछि लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव स्थगित गरिएको हो ।
यसअघि गत शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार माघी महोत्सव मनाउने र प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। ७२ जना सवार विमान दुर्घटना हुदाँ अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । अन्यको खोजी गरिदैछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??