spot_img
spot_img
spot_img

सैनामैनामा रातिमा सुरु भएर रातिमै समापन हुने ऐतिहासिक भड्छा महोत्सव हुँदै

spot_img

रुपन्देहीको सैनामैना नगरपालिकामा रात्रीकालिन मेला मानिने ऐतिहासिक भड्छा महोत्सव यसबर्ष पनि १ सय १२ औं संस्करणको रुपमा शुरु हुने भएको छ ।

सैनामैना नगरको वडा नं. ८ मा भड्छा गाँउ समाज सैनामैना ८ ले माघे औंसीको अवसर पारेर महोत्सव तथा माघेऔंसी मेला २०७९ आयोजना गर्ने भएको हो । रुपन्देहीको पुरानो मानिएको भड्छा मेला पश्चिम सैनामैना नगरको भड्छा गांउमा संचालन हुदै आइरहेको छ ।

मेला संचालनको सन्दर्भमा बसेको समाजको बृहत भेला तथा छलफलबाट यही माघ ७, ८ र ९ गते सैनामैना ८ भड्छामा मेला संचालन गरिने बताइएको छ । ‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्षमा जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्य सहित बुद्धिराम चौधरीको संयोजकत्वमा  मुल समिति गठन गरिएको छ । ३ दिने मेलालाइ व्यबस्थित रुपले सम्पन्न गर्नको लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

मेलामा स्थानिय स्तरमा उत्पादित सामाग्रिहरुको प्रदशर्नीका साथै विभिन्न समुदायका सास्कृतिक पहिचानहरु लाइ संरक्षण गर्दैै स्थानियस्तरका प्रतिभालाइ उजागर गर्ने तरिकाबाट मेला संचालन गरिनेमुल समिति संयोजक बुद्धिराम चौधरीको बताउनुभयो ।मेला अबधीभर राष्टिय तथा स्थानिय कलाकारको प्रस्तुती सहित विभिन्न खेलकुद तथा विबिध सांस्कृतीक कार्यक्रम हुने संयोजक थारुले जानकारी दिए ।

उनका अनुुसार ३ दिने मेलामा रक्तदान, भलिबल प्रतियोतिगा, डान्सिङ,  झुमडा नाच प्रतियोगिता तथा अन्य खेलकुदका कार्यक्रमहरु संगै थारुहरुको सांस्कृतिक नृत्य झुमडा नाच, झर्रा, मयुर नृत्य तथा कमेडी शो लगायत विबिध कार्यक्रम रहने छ । महोत्सवमा विशेष गरि विभिन्न समुदायले पकाएको परिकारका स्टलहरु तथा स्वदेशमै उत्पादित कृर्षीजन्य उत्पादनलाई प्रर्दशन गरिने छ ।

रातीमै शुरुहुने र रातीमै समापन हुने प्राचिन मेलाका रुपमा पहिचान बनाएको यो भँड्छा मेलामा खासगरि स्थानिय थारु समुदायको संस्कृतिलाई महत्व प्रदान गरिएको हुन्छ । एक सय बर्षसम्म मेलाको रुपमा मनाइदै आएपनि १ सय बर्षपछि भने यसलाइ महोत्सवको रुपमा मनाउन शुरु गरिएको हो ।

‘परापुर्व कालमा एक साधुले सो मेलाको सुरुवात गरेको किम्वदन्ती छ । इस १९६६ सालदेखी निरन्तर रुपमा ब्यबस्थित ढंगले सञ्चालन गर्दै आएकोे ईतिहास रहेको भड्छा गांउ बिकास समाजले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img