बुटवल//
लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । उपसभामुखमा भने ३ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित विश्वप्रेम पाठक, राप्राकी मेनुका खाण केसी र नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको
उपसभामुखमा मनोनयन दर्ता भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??