दाङ//
लुम्बिनी प्रदेश सभाको उपसभामुखमा राप्रपाकी मेनुका खाँण (केसी) निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि खाँण निर्वाचित हुनुभएको हो । यसअघि हिजो सोमवार सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध हुनुभएको थियो ।
आज दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एकरएक जनाको उम्मेदवारी कायम भएपछि घर्ती र खाँणलाई सभामुख र उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




