spot_img
spot_img
spot_img

टी २० महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ र सुदुरपश्चिमको निरन्तर जित

spot_img

इटहरी//
इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले लगातार दोस्रो जित निकालेका छन् । इटहरीको जनता क्रिकेट पार्कमा सोमवार सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो। हिजो भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्दा दुवै टोलीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेका हुन् । यस जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले दुई खेलमा चार अंक जोड्दा गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले वागमती प्रदेशलाई ३३ रनले हराउँदा गण्डकी विभागीय टोली एपिएफसँग सात विकेटले पराजित भएको थियो । सोमबार गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । प्रतियोागिता अन्तर्गत सोमबार नै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

इटहरीको जनता पार्कमा ढिलो गरी शुरु भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो । मैदान ओसिलो भएपछि ९ ओभरमा झारिएको खेलमा प्रदेश एकले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनीले पूरै ९ ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र ५० रन जोड्न सक्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले छोट्याइएको ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको थियो । यस जितसँगै प्रदेश १ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश १ समूह बी को शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल कर्णाली र प्रदेश १ तथा दोस्रो खेल सुदूरपश्चिम र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुनेछ । आज प्रदेश १ र कर्णाली प्रदेश तथा सुदुरपश्चिम र सशस्त्र प्रहरी बिच प्रतिस्पर्धा हुने छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img