spot_img
spot_img
spot_img

प्रतिनिधि सभाका सभामुखको चुनाव माघ ५ गते हुने

spot_img

काठमाण्डौ//

प्रतिनिधि सभाका सभामुखको चुनाव यही माघ ५ गते बिहान ११ बजे हुने भएको छ । आज प्रकाशन गरिएको निर्वाचन कार्यतालिकाका अनुसार सङ्घीय संसद् सचिवालयले माघ ४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने र निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची त्यही दिन दिउँसो ४ बजेर १५ मिनेटमा प्रकाशित गरिने जनाएको छ ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ । प्रतिनिधि सभाको माघ ५ गते ११ बजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधि सभाको गएको पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको चुनाव गर्न आज निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img