spot_img
spot_img
spot_img

पल शाहलाई तनहुँ जिल्ला अदालतले दियो सफाइ, तत्काल रिहा नहुने 

spot_img

तनहुँ//

नाबालिग गायिकाको बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । बलात्कारको आरोपमा दाबी नपुगको भन्दै आज (मङ्गलवार) न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाइ दिएको हो । जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा नहुने भएका छन।

उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष छ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिबापत जरिबाना तोकिएको छ । त्यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img