spot_img
spot_img
spot_img

देवदहलाई वालमैत्री नगरपालिका घोषणा गर्ने सरोकारवालाको प्रतिवद्धता

spot_img

बबिता भट्टराई, देवदह । आगामी २०८१ फागुन मसान्तभित्र रुपन्देहीको देवदह नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्ने सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् । देवदह नगरपालिकाले आयोजना गरेको वालमैत्री नगर समन्वय तथा सरोकारवालालाई दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्दै उनीहरुले उक्त प्रतिवद्धता जनाएका हुन्।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख धुव्रराज खरेलले नगरलाई सुखी र समृद्धि बनाउन वाल सञ्जालको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । उहाले देवदहलाई वालमैत्री नगरपालिका घोषणा गर्नको लागि नगरपालिकाको तर्फबाट आवश्यक बजेटको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले वालमैत्री नगरपालिका घोषणाको लागि ५१ वटा सूचक पुरा गर्नुपर्ने भएकोले अव प्रत्येक वडा÷वडामा वाल सम्वन्धी कार्यक्रम लैजाने बताउनुभयो ।

संविधानमा वालवालिका सम्वन्धी उल्लेख गरिएका मौलिक हकलाई कार्यान्वयन गर्दै वाल श्रम रोक्ने गरी नगरपालिकाले योजना अगाडि सारेको नगर प्रमुख खरेलले बताउनुभएको थियो। उहाँले सवैको साथ र सहयोगले मात्र देवदहलाई वालमैत्री नगर घोषणा गर्न सकिनेमा जोड दिनुभयो।

कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नगर प्रवक्ता गणेश डुम्रे, बिभिन्न शाखाका प्रमुखहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, वाल सञ्जालका पुर्वअध्यक्ष तथा वर्तमान पदाधिकारीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको वालमैत्री स्थानीय शासनको फोकल पर्सन पर्शुराम ढकालले जानकारी दिनुभएको थियो।

नगरप्रमुख धुव्रप्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र फोकल पर्सन पर्शुराम ढकालको संचालनमा भएको कार्यक्रममा सिएफएलजीकी शर्मिला पौडेलले सहजीकरण गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img