spot_img
spot_img
spot_img

रुद्रपुर माविमा पुर्व विद्यार्थी समाज गठन

spot_img

कञ्चन//

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं ४, रुपन्देहीमा रहेको रुद्रपुर माध्यमिक बिद्यालयका भुतपुर्व धिधार्थीहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रम भएको छ। रुपन्देहीको सबैभन्दा ठूलो सिमसार गैडाथालमा भएको पुर्व बिधार्थीहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रमबाट पुर्व बिधार्थी लेखनाथ आचार्यको अध्यक्षतामा ७ सदस्यिय रुद्रपुर मा।वि। पुर्व बिधार्थी समाज गठन गरिएको छ। यस्तै पुर्व विधार्थी समाजको उपाध्यक्षमा खेम बहादुर क्षेत्री, सचिवमा जगीलाल थापा कोषाध्यक्षमा लक्षुकुमारी बुढाथोकी र सह सचिवमा निरु थापा रहनु भएको छ ।

सदस्यमा प्रकाश क्षेत्री र देवबहादुर थापा रहनु भएको छ। उक्त समाजले रुद्रपुर माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको पुनर्मिलन तथा भेटघाट कार्यक्रमको आयोजना गरी अनुभव आदान प्रदान गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न र्सजनात्मक कार्यक्रम सञ्चालन गर्ने, बिद्यालयको शैक्षिक स्तर बृद्धि गर्न र भौतिक पुर्वाधार बिकास लगायतका शैक्षिक तथा सामाजिक गतिबिधी सञ्चालन गर्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहजिकरण गर्नेछ।

नव गठित रुद्रपुर मा।वि। पुर्व बिधार्थी समाज अध्यक्ष तथा बुद्धदीप बोर्डिङ्ग स्कुलका सहायक प्राचार्य लेखनाथ आचार्यले रुद्रपुर माध्यमिक बिद्यालयबाट हासिल गरेको ज्ञानबाट प्राप्त सिप तथ अवसरहरुलाई समाजलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने सृजनात्मक कार्यहरु गर्नमा बिधार्थी समाजले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो। हामी जहाँ जुनसुकै स्थान र ओहोदामा पुगेको भएपनि ती स्थान, ओहोदा र अवसरको पहँचमा पुर्याउने पहिलो खुडिकलो भनेको आफुले अध्ययन गरेको बिद्यालय भएकोले उक्त बिद्यालयप्रति सवै पुर्व बिधार्थीहरुले आफ्नो क्षमता अनुसार सहयोग र बिद्यालयको नामबाट समाजका लागि सृजनात्मक कार्यहरु गर्नु पर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो।

यस्तै कार्यक्रममा सो बिद्यालयका पुर्व बिधार्थी तथा ज्ञानोदय माध्यमिक बिद्यालय, लेते मुस्ताङ्गका शिक्षक छविलाल थापाले आफुसंगै पढेका बिधार्थीहरुको भेटघाटले तत्कालिन समयमा सिकेका र भोगेका अनुभवहरु आपसमा आदान प्रदान गर्दा आफुमा पनि अझ उत्साह थपिने र बिधद्यालयबाट छुट्टिए पछि सिकेका ज्ञान सिप र अनुभवहरुको आदान प्रदानबाट थप नया सिकाई प्राप्त हुने बताउनु भयो। आ आफ्नो मेहनत र परिश्रमले हामी जुनसुकै ठाउँमा पुगेको भए पनि आफुले पढेको बिद्यालयलाई कहिल्यै बिर्सन नसकिने पुर्व बिधार्थी थापाले बताउनुभयो।

पुर्व बिधार्थीहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रममा पुर्व बिधार्थी तथा कञ्चन गाउँपालिका वडा नं। ५ का कार्यलय सहकाय खेम बहादुर क्षेत्रीले आ आफ्नो पेसा व्यबसाय र पदिय जिम्मेवारीले भौगोलिक रुपमा टाढा हुनु परे पनि एउटै बिद्यालय र कक्षामा संगै पढेका समकालिन साथीहरुको स्मरण सदैव ताजा हुने बताउनु भयो। शैक्षिक सत्र २०६० को एसएलसी परिक्षामा सहभागी बिधार्थीहरुको मेहनत र बिद्यालयका शिक्षकहरुको उचित निर्देशनका कारण एस एल सीमा राम्रो नतिजा सहित उत्तिर्ण गर्न सफल भएको स्मरण गर्दै पुर्व बिधार्थी क्षेत्रीले त्यो बर्षको एस एल सी नतिजा राम्रो भएका कारण रुद्रपुर माध्यमिक बिद्यालयको माध्यमिक तह स्थायी हुन सकेको समेत अनुभव सुनाउनु भएको थियो।

पुर्व बिधार्थीहरुको पसनर्मिलन र भेटघाट कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिदै जानुपर्ने र ती कार्यक्रमहरुका पुर्व बिधार्थीहरुको जमघटको संख्या बृद्धि गर्दै लैजान सबैले पहल गर्नु पर्ने समेत पुर्व बिधार्थी खेम बहादुर क्षेत्रीले बताउनुभयो। उक्त कार्यक्रममा रुद्रपुर माध्यमिक बिद्यालयमा शैक्षिक सत्र २०५४ देखि २०६४ सम्मा पुर्व विधार्थीहरुको भेला भएको थियो। पुर्व बिधार्थीहरुको पुनर्मिलन तथा भेटघाट कार्यक्रमको सहजिकरण पुर्व बिधार्थीहरु लेखनाथ आचार्य, छविलाल थापा, चमेली थापा, फुलमाया श्रीस,गंगाराज सुवेदी, जगी लाल थापा लगायले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img