spot_img
spot_img
spot_img

यौन दुर्व्यवहारको आरोपमा बार्सिलोनाका पूर्व डिफेन्डर आल्भेस पक्राउ

spot_img

एजेन्सी //

ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा स्पेनमा पक्राउ परेका छन् । एफसी बार्सिलोनाका पूर्व डिफेन्डरमाथि गत डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई गलत तरिकाले छोएको आरोप छ । ३९ वर्षीय खेलाडीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बार्सिलोनाका लागि ४०८ खेल खेलेका उनले क्लबसँग ६ वटा लिग तथा तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनी सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा पनि समावेश थिए । हाल उनी मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध रहेका थिए । तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img