spot_img
spot_img
spot_img

पार्टीको ४९औं स्थापना दिवसको अवसरमा नेमकिपा रुपन्देहीको प्रशिक्षण भेला

spot_img

बुटवल//
नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले पश्चिमी संसदीय प्रजातन्त्रको परम्परा र नेपालकै प्रचलित कानुन अनुसार प्रतिनिधी सभामा नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल स्वीकार गर्नुको विकल्प नभएको बताउनुभयो । नेमकिपाको ४९ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित प्रशिक्षणात्मक भेलामा अध्यक्ष वासीले प्रतिपक्षबिहीन संसद कल्पना गरेको हो भने संसदीय व्यवस्था असफल भएको घोषणा गर्न नेमकिपाले शासक दलहरूलाई हॉक दिएको उल्लेख गर्नुभयो ।

नेपाली राजनीतिक डबलीमा विभिन्न राजनीतिक दलहरू क्रियाशील रहेको अवस्था पनि २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना गर्नुको औचित्य र महत्त्व झन् झन् बढ्दै गएको चर्चा गर्दै अध्यक्ष वासीले नेपालको प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनमा नेमकिपाको मौलिक र उल्लेखनीय योगदान रहेको स्पष्ट पार्नुभयो । नेमकिपाले मार्क्सवाद, लेनिनवाद र माओ विचारलाई मार्ग निर्देशक सिद्धान्त आत्मसाथ गर्दै व्यापक नेपाली जनतालाई सचेत र संगठित पारिरहेको बताउॅदै अध्यक्ष वासीले देशको स्वाधिनता र सार्वभौमसत्ताको लागि जनताको प्रजातन्त्र ल्याउनु पर्नेमा जोड दिनुभयो।

नेमकिपा रूपन्देहीका सचिव हिमलाल पाण्डेले कामदार वर्गको शासनसत्ता गर्न नेमकिपा संघर्षरत रहेको बताउनु भयो। नेपाल क्रान्तिकारी महिला संघका सुशीला पौडेलले महिलाहरूलाई शिक्षा र रोजगारीको बन्दोबस्त हुनुपर्नेमा जोड दिनुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघका माधव अधिकारीले लेनिनको जीवनीबाट कार्यकर्ताहरूले ऊर्जा प्राप्त गर्ने उल्लेख गर्नुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img