काठमाण्डौ//
गएको १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ६० जनाको शव आफन्तले बुझेका छन । आज एक विज्ञप्ती सार्वजनिक गर्दै घटनास्थलबाट उद्धार गरेका ७० शवमध्ये काठमाण्डौ र पोखरामा गरी ६० जनाको शव बुझाएको यती एअरलाइन्सले जानकारी दिएको हो । यस्तै थप ४ जनाको शव पहिचान र सनाखत गरी बुझाउने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
६ जनाको शव भने धेरै डढेका कारण फरेन्सिक विधिबाट परीक्षण गर्न असम्भव भएपछि डीएनए परीक्षणको प्रक्रिया सुरु भएको र यसको लागि केही समय लाग्ने एअरलाइन्सको भनाई छ। हराइरहेका दुई जनाको खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रशासन कास्कीले जनाएको छ ।