spot_img
spot_img
spot_img

बुटवल लेडी जेसीजको २७ औं पदस्थापन समारोह सम्पन्न 

spot_img

९ माघ, बुटवल ।

बुटवल लेडी जेसीज वर्ष २०२२ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा आइतबार एक समारोहकाबीच २७ औं पदस्थापन समारोह भएको हो । सो अवसरमा वर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठले वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष कमला लम्साललाई पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता प्रा।डा। गोबिन्द पोखरेलले समाज रुपान्तरणका लागि सामाजिक रुपमा स्थापित क्लबहरुको भूमिका अहम रहने बताए । नेता पोखरेलले भौतिक पुनःनिर्माणको काम तीव्र गतिमा भइरहे पनि सामाजिक पुनःनिर्माणको काम धेरै बाँकी रहेको बताए ।’ सामाजिक पुनःनिर्माणका लागि हरेक समुदाय तथा सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहन्छ’, उनले भने—सामाजिक, भौतिक र आर्थिक पुनःनिर्माणको कामलाई सँगैसंगै लिएर जानुपर्छ ।

सो अवसरमा बोल्दै अध्यक्ष अनुपमा श्रेष्ठले आफ्नो कार्यकालमा धेरै योजनामा काम भए पनि केही समय अभावका कारणले बाँकी रहेको भन्दै नयाँ समितिले पुराना योजनाहरुलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसाल, भिम कुवर, बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, निर्वाचन आयुक्त रूपा पाण्डे, पूर्व अध्यक्ष राधिका पोखरेल, राधिका बेल्बासे खनाल, महासचिव संगिता ढकाल लगायतले समाज रुपान्तरण र युवा सशक्तिकरणमा जेसीजको भूमिका महत्वपूर्ण रहने बताए ।

नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार कपिल ज्ञवालीलाई

यसैबीच नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार कपिल ज्ञवालीलाई सम्मान गरिएको छ । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवालीलाई प्रमुख अतिथि प्रा।डा।गोबिन्द पोखरेल, क्लबका अध्यक्ष अनुपमा श्रेष्ठ लगायतले नगद १० हजारसहित दोसल्ला तथा प्रशंसापत्रले पुरस्कृत गरे । ज्ञवाली बुद्ध टेलिभिजनको समाचार प्रमुख, गोरखापत्र संस्थानको रुपन्देही समाचारदाता तथा नागरिक अनलाइनको सम्पादक हुन् ।

जेसीजको पुस २ मा सम्पन्न २६ औं शाखा अधिवेशनबाट लम्सालको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन भएको थियोे । समितिको कार्यकारिणी उपाध्यक्षमा जमुना शर्मा र बसन्ता घिमिरे, उपाध्यक्षमा संगिता मरासिनी, सपना गैरे ज्ञवाली, बिनुदेबी रिजाल, मेरिना बर्मा, सह–सचिवमा अपूर्वा खनाल र सह–कोषाध्यक्षमा कविता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्त रूपा पाण्डेले बताइन् । मनोनित कानूनी सल्लाहकारमा संगीता ढकाल, महासचिवमा रुपा श्रेष्ठ पाठक र कोषाध्यक्षमा सोनम पाठक रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img