spot_img
spot_img
spot_img

सिद्धार्थनगर सिटी हस्पिटलमा बालरोग विशेषज्ञ सेवा विस्तार

spot_img

सिद्धार्थनगर//

सिद्धार्थनगर सिटी हस्पिटल प्रालि भैरहवा, रुपन्देहीले थप सेवा विस्तार गरेको छ। लामो अनुभव प्राप्त डाक्टर प्रत्युष ज्ञवालीलाई अस्पतालले अनुबन्ध गरेसँगै बालरोग विशेषज्ञ सेवा पनि सुरु गरेको अस्पतालले जनाएको छ। अस्पतालले आइतबारदेखि ओपीडी तथा बाल रोगसँग सम्बन्धित सम्पूर्ण सेवा दिन सुरु गरिसकेको छ। हस्पिटलको सेवा विस्तार गर्दै बिरामीहरुलाई निरन्तर सेवा दिइरहेको अस्पतालका प्रबन्ध निर्देश अर्जुन पौडेलले जानकारी दिनुभएको छ ।

निःसन्तान दम्पत्तिका लागि आईभीएफ सेवा सञ्चालन गर्दै आइरहेको हस्पिटलमा सुरक्षित गर्भाधारण तथा सुरक्षित डेलिभरीका लागि बालरोग तथा महिला रोगसम्बन्धी सेवाको विशेष भूमिका रहेकाले बालरोग, महिला तथा प्रसुति रोगका साथै सुविधासम्पन्न १२ वेड रहेको एनआईसीयू सेवा समेत विस्तार गरिएको पौडेलले बताउनुभयो। ‘हस्पिटलले वर्षौदेखि सन्तान नभएर चिन्तित भइरहेका निःसन्तान दम्पतिहरुका लागि बाबुआमा बन्ने अवसर प्रदान गर्नका लागि आईभीएफ सेवा तथा प्रसुति तथा लामो अनुभव प्राप्त महिला रोगसम्बन्धी विशेषज्ञ डा।ज्योति रानाद्वारा महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार सेवा सञ्चालन गरिरहेको उहाँको भनाई छ ।

ओपीडी सेवा बिहान १० बजेदेखि बेलुका ६ बजे र अत्यावश्यक सेवा २४ सै घण्टा सञ्चालन हुने हस्पिटलले जनाएको छ। हस्पिटलले सञ्चालन गरेको एनआईसीयू अमेरिकामा निर्मित अत्याधुनिक मेसिनयुक्त अन्तर्राष्ट्रिय मापदण्डमा निर्मित छ । यो प्रदेशमा नै पहिलो सुविधा सम्पन्न एनआईसीयू भएको अस्पतालको भनाइ छ। यो सुविधासम्पन्न एनआईसीयू अन्तर्गत १२ बेड रहेको र ४ वटा भेन्टिलेटर सञ्चालनमा रहेको प्रबन्ध निर्देशक पौडेलले बताउनुभएको छ । नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरुलाई आवश्यक पर्ने तापक्रम मेन्टिनियन्स गर्नका लागि एसीको व्यवस्था रहेको पौडेलले बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img